

काठमाडौं–६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको जित सुनिश्चित

काठमाडौं – काठमाडौं क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालको जित सुनिश्चित भएको छ ।
खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले भन्दा उनले ४ हजार ९७७ बढी मत ल्याएका छन् । यो मतान्तर अब गन्न बाँकी मतभन्दा धेरै हो । अब उक्त क्षेत्रमा ४ हजार २९१ मत गणना गर्न बाँकी रहेको छ ।
पछिल्ल मतपरिणाम अनुसार खनालले १२ हजार ७६४ मत प्राप्त गरेका छन् । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार ७८७ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ७ हजार ३८० मत प्राप्त गरेका छन् ।

