काठमाडौं-५ मा प्रदीप पौडेलले हात पारे शानदार जीत


काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६५ मतले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । पौडेले १५ हजार २ सय ३७ मत ल्याउँदा पोखरेलले १० हजार १७२ ल्याएका थिए ।

औपचारिक घोषणा गर्ने तयारी गरिएको निर्वाचन अधिकृतले जनाएका छन् ।

प्रतिक्रिया