
देशभर थप ५ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमितको संख्या ३९०
काठमाडौं – नेपालमा गत २४ घन्टामा थप ५ जनामा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२८६ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा २० जना कोरोनामुक्त भएका छन् भने ४ हजार २ सय ६० जनाले कोरोनाविरुभ्को खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिलेको अवस्थामा देशभर ३ सय ९० जना सक्रिय संक्रमित छन् ।



कागजपत्र |
