
स्याङ्जा-२ मा मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
काठमाडौं – स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्न दिउसो १:३० बजे सर्वदलीय बैठक बोलाइएको छ ।
नेकपा (एमाले) लगायतका दलले नेपाली कांग्रेसले चापाकोट नगरपालिकाका चार बुथमा धाँधली गरेको आरोप लगाउँदै पुनःमतदानको माग गरेपछि मतगणना हुन नसकेको हो ।
चापाकोट नगरपालिकाको वडा नं ३, ४ र ५ का दिसिङकोट आधारभूत विद्यालय कमिरे, राममन्दिर माध्यमिक विद्यालय दार्सिङ, दिनदयालु आधारभूत विद्यालय र जनसक्रिय आधारभूत विद्यालय चिदीपोखरी मतदान केन्द्रमा कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप एमालेको छ ।



कागजपत्र |
