

निर्वाचन आयोग भन्यो – अपेक्षाअनुसार मत खसेन

काठमाडाैं – निर्वाचन आयोगले देशभर केही छिटपुटबाहेक शान्तिपूर्ण र उत्साहजक रुपमा निर्वाचन सम्पन्न भएको बताएको छ । आयोगले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ।
आइतबार रात्रि पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विवरण प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मत खसेको जानकारी दिए । तथ्यांक अझै संकलनकै क्रममा रहेकाले यो प्रतिशत केही बढ्न सक्ने उनको भनाइ छ ।
तर आयोगको अपेक्षा भन्दा कम प्रतिशत मतदान भएको थपलियाले बताए ।

