
नेपाल एयरलाइन्सको भोजपुर उडेको जहाजमा समस्या, आकाशबाटै फर्काइयो काठमाडौं
काठमाडौं — काठमाडौंबाट भोजपुर पुगेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज प्राविधिक समस्याका कारण बीचबाटै फर्काइएको छ ।
१५ जना यात्रु सवार उक्त विमानमा समस्या देखिएपछि जहाज ग्राउन्डेड भएको छ । निगमसँग आन्तरिक उडानमा यो एक मात्र जहाज हो । यही जहाज नै ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान ठप्प हुन पुगेको छ ।
स्रोतका अनुसार शुक्रबार यो जहाजले भोजपुर, फाप्लु र दाङमा उडान गर्ने तालिका थियो । निगमले जहाज ग्राउन्डेड भएपछि शनिबार निर्धारित उडान समेत रद्द गरेको छ । यसले सयौं यात्रु प्रभावित बन्ने छन् ।
आइतबार निर्वाचनका कारण उडान छैन । जहाज बन्यो भने सोमबार मात्र नियमित उडान गर्न सकिने स्रोतको भनाइ छ । निगमसँग आन्तरिक उडानमा जहाज नहुँदा टिकट काटेका यात्रु समेत प्रभावित हुने गरेका छन् ।



कागजपत्र |
