

कांग्रेस कार्यसमिति बैठक बस्दै, थप आन्दोलनका कार्यक्रमबारे छलफल हुने

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।
बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल गरिने जनाइएको छ ।
सोमबार पार्टी कार्यालयमा दुबै पक्षका नेताहरुले छलफल गरेका थिए । देउवापक्षका नेताहरुले सभापतिसँगै सल्लाह गर्नुपर्ने बताएका थिए ।
पौडेल र सिटौला पक्षका नेताहरुले भने भातृ संगठनहरुलाई परिचालन गरेर थप आन्दोलनका कार्यक्रम तय गर्नुपर्ने बताएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन घोषणा गरिहाल्ने पक्षमा नभएको नेताहरुले बताएका छन् । देउवाले अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने र अदालतलाई यसो गर भनेर आन्दोलन गर्न नहुने अभिव्यक्ति दिँदै आएका छन्।

