नुवाकोटमा घाँटी रेटेर आमाछोरीको हत्या


नुवाकोट – नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ बालकुमारी भगेरीमा घाँटी रेटेर आमाछोरीको हत्या भएको छ ।

उक्त घटनाबाट ज्यान गुमाउनेमा बालकुमारीका केशव खतिवडाको २१ वर्षिया श्रीमति सम्झना खतिवडा र ४ बर्षिया छोरी कृष्टिना खतिवडा रहेको गाउँपालिका अध्यक्ष शङ्कर थापाले बताए ।

अध्यक्ष थापाका अनुसार खुकुरी प्रहारबाट हत्या भएको हुन सक्ने आशंका गरिएको छ । सोमबार बेलुकी साढे पाँच बजेको समयमा घटना भएको उनले बताए । उनका अनुसार एक मानसिक असन्तुलन भएका व्यक्तिले घटना घटाएको हुन सक्ने बताइएको छ ।

घटना स्थलमा प्रहरी टोली पुगिसकेको र घटनाबारे अनुसन्धान सुरु गरिएको बताइएको छ । छानबिनपछि घटनाको विस्तृत विवरण खुल्ने बताइएको छ ।

प्रतिक्रिया