इस्तानबुल बिस्फोट अपडेट : मर्नेको संख्या ४ पुग्यो, कम्तिमा ३८ जना घाइते


काठमाडौं – इस्तानबुलको ऐतिहासिक तथा व्यस्त इस्तिकलाल स्ट्रिटमा भएको विस्फोटमा हताहतीको संख्या बढेको छ । सहरका गभर्नर अली यरलिकायाले पछिल्लो ट्वीटमा प्रारम्भिक रिपोर्ट अनुसार विस्फोटमा मर्नेको संख्या चार पुगेको र झन्डै ३८ व्यक्ति घाइते भएको लेखेका छन् ।

छानबिन टोली गठन
विस्फोटको कारण एकिन नभएकोले इस्तानबुल सहरको सरकारी वकिलको कार्यालयले विस्फोटको अनुसन्धान सुरु गरेको छ । छानबिन टोलीमा पाँच जना सरकारी वकिल नियुक्त गरिएको कार्यालयका संचार निर्देशकले जानकारी दिए ।

‘राज्यका सबै संस्था र संगठनहरूले घटनाबारे द्रुत गतिमा अनुसन्धान गरिरहेका छन्,’ सरकारी वकिलको कार्यालयका सञ्चार निर्देशक फहरेटिन अल्टुनले भने । साथै, इस्तानबुल क्रिमिनल कोर्ट अफ पीसले विस्फोटसँग सम्बन्धित सबै श्रव्यदृश्य सामाग्रीको प्रसारणमा प्रतिबन्ध लगाएको छ । ती सामाग्री मिडियादेखि सामाजिक सञ्जालबाट समेत हटाउन निर्देशन दिएको छ ।

‘हामी मिडिया संगठनहरूलाई जिम्मेवार हुन आह्वान गर्दछौं । साथै सामाजिक सञ्जालमा पोष्ट भएका भ्रामक सामग्रीमा मात्र भर नपर्न र सम्बन्धित सार्वजनिक अधिकारीहरूको बयानमा घटनाको मुख्य आधार मान्न आग्रह गर्छौं,’ अल्टुनले भने ।

प्रतिक्रिया