

प्रचण्डसँग अमेरेकी राजदुत बेरीको भेटवार्ता, जो बाइडेन प्रशासनका प्राथमिकताका बारेमा छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरेकी राजदुत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । राजदुत बेरीले प्रचण्डसँगको भेटमा अमेरिकामा नयाँ राष्ट्रपतिको रुपमा कार्यकाल शुरु गरेका जो बाइडेन प्रशासनका प्राथमिकताका बारेमा जानकारी गराएको अमेरिकी दुतावास नेपालले जनाएको छ ।
भेटमा राजदुत बेरीले नेपालको लोकतन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसम्बन्धि कार्यक्रममा सहयोग गर्न तथा महिला, बालिकाहरुको अधिकारका बारेमा काम गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका थिए । बाइडेन राष्ट्रपति बनेपछि राजदुत बेरीले यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेका थिए ।

