शुक्रबारसम्म कक्षा १२ काे नतिजा सार्वजनिक हुने


काठमाडौं – कक्षा १२ को नतिजा यसै साता सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । पुसको अन्तिम साता गर्ने भनिए पनि परीक्षाको शैलीमा केही परिवर्तन आएकाले नतिजाको तयारीमा समय लागेको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले बताएका छन् ।

म्याध्यमिक शिक्षा कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो । वैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण ढिलोगरी सञ्चालन भएको हो ।

नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा देशभर ४ हजार १०५ परीक्षा केन्द्र थिए । १७ हजार ९०८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्लाका पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए ।

प्रतिक्रिया