

रवि र अनु मिलेर पशुपतिमा जलाउँदै थिए बबिताको शव, प्रहरीले हस्तक्षेपपछि खुल्यो हत्या कारण

काठमाडौं– मोवाइल चोरीको आरोप लगाई कुटपीटबाट हत्या गरिएकी बबितादेवी चौधरीको शव पशुपति आर्यघाटमा जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ।
पशुपति क्षेत्रबाट प्रहरीले बारा श्रीपुरका ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भई बालाजु बस्ने २४ वर्षीया अनु थापा थापालाई बबितादेवी चौधरीको हत्या अभियोगमा पक्राउ गरेको छ।
बबितादेवी पक्राउ गरिएका रविकी पत्नी हुन्। महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार चार दिन अघि पक्राउ गरिएकी अनुले बबितालाई मोबाइल चोरी गरेको आरोप लगाउँदै कुटपिट गरेकी थिइन्। कुटपिटबाट घाइते भएकी बबिता आफू बस्ने पशुपतिनाथको राम मन्दिरमा बितिन्। उनको शनिबार नै मृत्यु भएको थियो।
मृत्यु भएकै ठाउँमा बबिताको शव जलाएको पाइएपछि दुवैलाई पक्राउ गरिएको थियो। रवि र अनु मिलेर परिणाम दिन खोजेपछि यो हत्यामा उनीहरूबीचको सम्बन्धको विषयलाई पनि लिइएको छ। ‘खुलाउने क्रम जारी छ। बबिताको हत्यापछि शव व्यवस्थापनमा यी दुवै जनाको सम्बन्ध देखिनुको कारण खुलाइनेछ’, प्रहरीले भन्यो।
जलाएको शवको केही भाग मात्र फेला पारिएको थियो। शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ।
पक्राउ परेका दुबैलाई सोमबार कर्तव्य ज्यान मुद्दामा अदालतबाट अनुमति लिई हिरासतमा लिएर अनुसन्धान थालिएको छ। कुटपिट भएपछि बबिताबारेमा रविले प्रहरीलाई खबर नगर्नुलाई पनि शंकास्पद रुपमा हेरिएको छ।

