मन्त्री हुनासाथ कसको पाउ परे कृष्णगोपाल श्रेष्ठ ?


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको मन्त्रिमण्डल पुनर्गठनमा काठमाडौंका कृष्णगोपाल श्रेष्ठले पाए– सहरी विकास मन्त्रालय ।

नेकपामा स्पष्ट छवि भएको मानिएका श्रेष्ठ राजनीतिक वृत्तमा आलोचनामुक्त पनि छन् । पार्टी भित्र र बाहिर पनि उनको खासै आलोचना हुँदैन । मन्त्री नियुक्त भएको केही दिनमा नै उनको एउटा तस्बिर बाहिरिएको छ ।

नेपालकै श्रद्धेय मध्येकी मानिने गुरुआमा धम्मावतीसँग आशिर्वाद लिँदै सहरी विकास मन्त्री श्रेष्ठ

सार्वजनिक भएको उक्त तस्बिरमा मन्त्री श्रेष्ठ कसैको पाउ समातिरहेका छन् । उनी को हुन् भन्ने चासो धेरैलाई हुनसक्छ । नेपालकै श्रद्धेय मध्येकी मानिने गुरुआमा धम्मावतीसँग श्रेष्ठले आशिर्वाद लिएका हुन् ।

प्रतिक्रिया