

प्रधानमन्त्री देउवा धनगढीमा

सुदूरपश्चिम – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा चुनावी प्रचार गरेर आज धनगढी फर्किएका छन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहनुभएका प्रधानमन्त्री देउवाले त्यहाँ आयोजित सात ठाउँका चुनावी सभालाई सम्बोधन गरेका थिए ।
देउवा चुनावी प्रचार प्रसारका लागि यही कात्तिक १७ गते डडेलधुरा पुगेका थिए । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा डडेलधुराबाट फर्किएर धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा पार्टीका नेता कार्यकर्तासँगको भेटघाट थालेका छन् ।
प्रधानमन्त्री देउवा सोमबार काठमाडौं फर्किने वा नफर्किने भन्नेबारे अहिल्यै टुङ्गो लागि नसकेको स्वकीय सचिव देउवाले जानकारी दिए ।

