लद्दाखमा भारत–चीनबीच तनाव, १५ घण्टा वार्ताकाे यस्ताे निचाेड


काठमाडौं – पूर्वी लद्दाखको तनावलाई कम गर्न भारत र चीनका सेनाबीच वार्ता भएको छ ।

सैन्य स्तरीय नवौं चरणको वार्ता आइतबार भएको हो । १५ घण्टासम्म चलेको वार्तामा भारतले विवादास्पद क्षेत्रबाट सेना हटाउने र तनाव कम गर्ने प्रक्रिया थाल्ने जिम्मा चीनको भएको बताएको छ।

चीन पटक पटक आफूले गरेको सहमतिलाई तोड्दै आएकाले यसपटक भारतले चीनलाई सचेत गर्न पनि यो कदम चाल्न भनेको हो ।

पूर्वी लद्दाखमा भारत र चीनका करिब एक लाख सैनिक लामो समयसम्म टिक्ने तैयारी गरिरहेको बताइन्छ । यही बीचमा दुवैतर्फ कुटनीतिक एवं सैन्यस्तरीय वार्ता पनि चलिरहेको छ ।

भारतीय सेना प्रमुख जनरल एम एम रनवणेले करिब दुई हप्ताअघि भारतीय सेना आफ्नो लक्ष्य हासिल नगरुन्जेलसम्म लद्दाखमा टिकिरहने बताइसकेका छन् । उनले जतिसमय लागोस् तर भारतले लक्ष्य हासिल गरेरै छाड्ने दृढता पनि देखाएका छन् ।

एजेन्सी

प्रतिक्रिया