सिंहदरबारकै गेटमा मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्र मन्त्रालयकी कर्मचारीको मृत्यु


काठमाडौँ- परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन भएको छ। सिंहदरबार पूर्वी गेट अघिल्तिर बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले बिहीबार अपरान्ह ठक्कर दिएको थियो।

अनामनगर बस्दै आएकी सुब्बा कार्यालय समय सकेर घर फर्किंदै थिइन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार ठक्करबाट घाइते सुब्बालाई तत्काल उपचारका लागि मोडल अस्पताल पुर्याइएको थियो।

उनलाई अस्पतालले मृत घोषित गरेको हो। सुब्बा मन्त्रालयको रास्ट्रसंघ महाशाखामा कार्यरत थिइन्। उनी २०७० मा नायब सुब्बा पदबाट परराष्ट्र सेवामा प्रवेश गरेकी थिइन्। उनले इजरायलस्थित नेपाली दूतावासको उपनियोग प्रमुख समेत भएर काम गरेकी थिइन्।

 

 

 

प्रतिक्रिया