
मधेसमा आज सार्वजनिक बिदा
काठमाडौं- मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । छठको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको हो ।
संघ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन हिजो बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन आजसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए ।



कागजपत्र |
