

बङ्गलादेशमा आँधीबाट २८ जनाको मृत्यु, लाखौँ प्रभावित

ढाका – बङ्गलादेशमा सित्राङ नामको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २८ जना पुगेको छ । सित्राङबाट लाखौँ मानिस प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ ।
आँधीका कारण बङ्गलादेशका लाखौँ व्यक्ति बिजुली सेवाविहीन भएका छन् । उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव फेला पारेका छन् । योसँगै आँधीबाट ज्यान जानेको सङ्ख्या २८ पुगेको हाे ।
बङ्गलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ । तर वैज्ञानिकले जलवायु परिवर्तनले तिनीलाई अझ तीव्र र बारम्बारको खतरा बनाउँदैछ। सित्राङ नामक यस आँधी दक्षिणी बङ्गलादेशमा अवतरण गरेको जनाइएको थियो । त्यसलगत्तै मानिसलाई यसले प्रभावित पारेको हो ।
अधिकारीहरूले यस शक्तिशाली आँधी आउनुअघि झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याउन सफल भएको बताएका छन् । आँधीको गति ८० किलोमिटर प्रतिघण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको देशको घना जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा विनाश गर्ने अनुमान गरिएको छ ।

