थ्रेसरमा परेर एक महिलाको मृत्यु


कैलाली — कैलालीमा धान थ्रेसरमा परेर एक जनाको आइतबार मृत्यु भएको छ ।

कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको ४५ बर्षिया श्रीमती बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाधेको पटुकी थ्रेसरमा फस्नगई तानेर लगेकाले बिनाको मृत्यु भएको हो ।

प्रतिक्रिया