नेदरल्याण्ड्स विश्वविद्यालय अन्तर्गत इन्टरनेशनल एलमुनाइ बोर्डको उपाध्यक्षमा नेपालकी स्वाती नियुक्त


काठमाडाैं – भैरहवा घर भएकी स्वाती थापा नेदरल्याण्ड् इन्ष्टिच्यूट फर हाउजिङ एण्ड अर्बन स्टडिज, इरासमस युनिभर्सिटी अन्तर्गत इन्टरनेशनल एलमुनाइ बोर्डको उपाध्यक्षमा नियुक्त भएकी छन्।

१ सय ४३ वटा मुलुकका १० हजार बढी विभिन्न समुदायका शहरी क्षेत्रका विज्ञ आबद्ध नेदरल्याण्ड्सको विश्वविद्यालय अन्तर्गत एलमुनाइ बोर्डको दुई वर्षे कार्यकालको लागि उनलाई उपाध्यक्षमा नियुक्त गरेको हो।

एलमुनाइ बोर्डको अध्यक्षमा ओलेक्सजेन्द्रा, अनलाइन कम्युनिकेशन रेस्पनसिवलमा हाना र ग्लोबल नेटवर्क बिल्डरमा ध्रुव नियुक्त भएका छन्। यो युनिभर्सिटीमा पीएचडी, मास्टर्सलगायत अन्य शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

नेपालका विभिन्न क्षेत्रमा कार्यरत अधिकृतहरु उक्त विश्वविद्यालयमा अध्ययनको शिलसिलामा जाने गरेका छन् । सन् १९५८ मा स्थापित युनिभर्सिटीले शहरी योजना, पूर्वाधार तथा हरियाली शहर, शहरी तथा आर्थिक विकास, शहरी वातावरण तथा जलवायु परिवर्तन सम्बन्धि विषयलाई विशेष जोड दिँदै आएको हो ।

उपाध्यक्षमा नियुक्त थापा भैरहवामा रहेको सामाजिक संस्था प्रतिमान नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक तथा कार्यसमिति सदस्य हुन् । उपाध्यक्ष थापाले आफू उपाध्यक्षमा नियुक्त भएपछि नेदरल्याण्डस् र नेपालबीच शिक्षाको क्षेत्रमा विभिन्न तहमा कार्यक्रमहरु सञ्चालन गर्न सहज हुने बताइन् ।

प्रतिक्रिया