
चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्यमा महिला छैनन्
बेइजिङ – चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा महिला छानिएका छैनन् । पार्टीको इतिहासमा २५ वर्षपछि पहिलो पटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका समाचामा जनाइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकामा उनी यसपटक अवकास पाएपछि अहिले कुनै पनि महिला पोलिटब्युरोमा छानिएका छैनन् ।यसैबीच अर्को एक समाचारमा राष्ट्रपति सी चिनफिङ अर्को कार्यकालका लागि पति चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चुनिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका दुई सय तीन सदस्य र एक सय ६८ वैकल्पिक सदस्यको सहभागिता थियो । एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक आयोजना हुने राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको हो ।



कागजपत्र |
