
सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले अदालतले चौथोपटक २ दिन म्याद थपका लागि अनुमति दिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको अवस्थामा पुनः चौथोपटक म्याद थप गरेको हो । प्रतिवेदन बुझेसँगै सरकारी वकिलले सन्दीपविरुद्धको मुद्दा दायर गर्ने तयारी गरेपनि तिहार बिदा परेकाले तिहारपछि मात्र मुद्दा दायर हुने जनाइएको छ । जसका कारण सन्दीप थप एक साता गौशाला प्रहरी वृत्तमै हिरासमतै बस्ने भएका छन् ।
सन्दीपले भदौ ५ गते होटलमा लगेर बलात्कार गरेको आरोप किशोरीले जाहेरीमा लगाएकी छन् । सन्दीप असोज २० गते विदेशबाट फर्किएपछि प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको थियो ।



कागजपत्र |
