चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित हुँदै


काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको ‘मूल स्थिति’ लाई समर्थनसहित पारित गरेको छ । जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उनी तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ।

सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टी पङ्क्तिले पार्टी महासचिव सीको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन्। यो सँगै उनी राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदैछन्।

 

प्रतिक्रिया