कार्यकर्ता भर्ति गर्न क्लीन फिडको अवधारणा ल्याइयो : विज्ञापन संघ


काठमाडाैं – राष्ट्रिय विज्ञापन संघ नेपालले सरकारले आफ्ना कार्यकर्ता भर्ति गर्ने क्लीन फिड अवधारणा ल्याएको आरोप लगाएको छ । शुक्रवार राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको जानकारी दिन काठमाडौंमा गरेको पत्रकार सम्मलमा संघले यस्तो आरोप लगाएको हो ।

सम्मेलनमा बोल्दै संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले पार्टीका कार्यकर्ता भर्ति गर्न ल्याएको बताए । उनले सरकारको तलब भत्ता र गाडी चढ्ने काम मात्रै भएको भन्दै क्लीन फिड भने अहिलेसम्म कार्यान्वयन नभएको बताए ।

उनले सरकारले क्लीन फिड अवधारणा ल्याउन नहुने थियो भन्दै ल्याएपछि कार्यान्वयन गर्न सक्नुपर्ने बताए ।

श्रेष्ठले क्लीन फिड अवधारणा ल्याएर पनि अहिलेसम्म कार्यान्वयन नहुनुमा शंका रहेको बताए । उनले विज्ञापनहरूलाई सही रूपमा प्रशारण र प्रकाशन गर्ने नीतिगत व्यवस्थाको लागि अब आउने सरकारसँग संघले वार्ता गर्ने पनि बताए ।

देशभरका विज्ञापन एजेन्सीहरुलाई एकत्रित गर्ने उद्देश्यले धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा ११ सदस्य रहेको राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको छ ।

प्रतिक्रिया