आर्मीलाई पराजित गर्दै एपीएफलाई भलिबलको स्वर्ण


पोखरा – विभागीय टोली नेपाल एपीएफ क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा स्वर्ण जितेको छ । बिहीबार स्वर्णका लागि भएको खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो ।

पोखरा रंगशालास्थित कोर्टमा एपीएफले आर्मीमाथि ३–० को सोझो सेटमा जित निकालेको हो ।

पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट भने २७९२५ ले जितेको थियो । तेस्रो सेट २६९२४ ले जित हात पारेर एपीएफले स्वर्ण पक्का गरेको हो । नेपाल पुलिस क्लबले कास्य पदक जितेको थियो ।

प्रतिक्रिया