प्रि–ओपनमा घट्यो शेयरबजार


काठमाडौं – साताका अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १२.८१ अंक घटेर १८४५.५१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१४ अंक घटेर १८४५.३८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.११ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १२ स्टकको ३ लाख २५ हजार ७२५ रुपैयाँ बराबरको ९३५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ स्टकको मूल्य बढेको छ भने ४ को घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया