दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुने


काठमाडौं- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको स्थान र मिति तय गरेको हो ।

गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति र स्थान तय गरिएको हो।

बैठकले दशौँ राष्ट्रिय खेलकुद वि.सं. २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता २०८१ वैशाख अथवा मंसिरमा हुनेछ ।

प्रतिक्रिया