
नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबको उपाधि त्रिभुवन आर्मीलाई
तनहुँ – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत यहाँ सञ्चालन भएको राष्ट्रिय महिला बास्केटबलको फाइनल खेल जितेर नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ ।
व्यास नगरपालिका १ हाइस्कुलटार स्थित निर्मल माध्यमिक विद्यालयको प्रांगणमा बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ४५-३० अङ्कले हराउँदै बुधबार उपाधि चुमेको हो ।
बास्केटबल प्रतियोगितामा च्याम्पियन हुन सफल त्रिभुवन आर्मी क्लबलाई राष्ट्रिय बास्केटबल सङ्घका सचिव फणिन्द्रमान श्रेष्ठले र जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे, निर्मल माध्यमिक विद्यालयका प्राधानाध्यापक गणेशचन्द्र बस्नेतले संयुक्त रुपमा मेडल लगाइ ट्रफी प्रदान गरे ।
प्रतियोगितामा विजयी त्रिभुवन आर्मी क्लबका खेलाडीलाई जनही १५ हजार रुपैयाँ समेत उपलब्ध गराइएको थियो। प्रतियोगितामा नेपाली सेनाको विभागीय टिम र ६ वटा प्रदेशका गरी ७ टिम बास्केटबल फुलकोर्ट र थ्रि एक्स थ्रि तर्फ ८ वटा गरेर १४ वटा टिमको सहभागिता रहेको थियो।



कागजपत्र |
