
सिन्धुपाल्चोक केन्द्रबिन्दु हुँदै ५.९ म्याग्निच्यूटको भूकम्प
काठमाडौं – काठमाडौंमा महसुस गरिएको भूकम्प सिन्धुपाल्चोकको फुल्पिङकट्टी १० किलोमिटर पर भएको जनाइएको छ ।
५.९ म्याग्निच्यूट स्केल मापन गरिएको उक्त भूकम्पबाट सिन्धुपाल्चोक, काभ्रेका साथै उपत्यकामा धक्का महसुस गरिएको थियो ।

त्यस्तै दोलखा, रामेछाप, नुवाकोट, रसुवालगायतका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयहरुले जनाएका छन् ।
काठमाडौंमा धक्का महसुस गरिएसँगै केही मानिसहरु घरबाहिर निस्किएका थिए ।
भूकम्प ३ बजेर ७ मिनेटमा गएको थियो ।



कागजपत्र |
