
दक्षिण सागरमा चिनियाँ सेनाको खतरनाक हतियार परीक्षण
काठमाडाैं – चिनियाँ जनमुक्ति सेनाले दक्षिण चीन सागरमा जल र स्थल दुवै मोर्चाबाट आक्रमण गर्न सक्ने दुईवटा टाइप ०७५ जहाजहरूको पूर्ण परीक्षण गरेको छ ।
यस उभयचर जहाज समूहले युद्धमा लड्ने क्षमता पनि विकसित गरिसकेको विज्ञहरूले जनाएका छन् ।
हाइनान र क्वाङ्सी दुवै चीनमै बनेका आक्रामक जहाज हुन् । तिनलाई दक्षिण चीन सागरको एक गोप्य स्थानमा परीक्षण गरिएको चीनको सरकारी टीभी चाइना सेन्ट्रल टेलिभिजनले शनिवार खबर दिएको हो ।
परीक्षण शुरू हुँदा जेड–८सी हेलिकप्टरहरूले मरिन सैनिकहरूलाई हाइनानको डेकमा पहिला उतारेका थिए । हाइनान र क्वाङ्सीको वेल डेकबाट उभयचर सशस्त्र वाहनहरू बाहिर निकालिएको थियो । तिनले समुद्रको किनारमा परीक्षण आक्रमण गरेका थिए ।
यसरी खतरनाक उभयचर आक्रमण जहाज बनाएर चीनले दक्षिण चीन सागरमा आफ्नो रणनीतिक प्रभावलाई थप उचाइमा पुर्याएको विज्ञहरूको भनाइ छ ।



कागजपत्र |
