दाङमा ३ दिनदेखी हराएका किशोर-किशोरी खाल्डोमा पुरिएको अवस्थामा फेला


दाङ – दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा दुइ वटा सव भेटिएको छ ।

तुलसीपुर उपमहानगरपालिका- १३ दमार गाउँको जंगलमा सोही ठाउँका किशोर-किशोरी १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।

उनीहरु असोज २७ गते साँझ घरबाट हराएको खबर आएको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिए । उनीहरुको खोजी गर्ने क्रममा आइतबार जंगलमा गाडिएको अवस्थामा शव फेला परेको हो ।

घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया