
शताब्दी पुरूष जोशीको निधनबाट स्तब्ध भएको छुः प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट स्तब्ध भएको बताएका छन् ।
जोशीलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले नेपाल सरकार, नेपाली जनताले उनको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने विश्वास व्यक्त गरेका छन् ।
नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाइ स्थापित गर्न उनले गरेको योगदानको स्मरणीय रहने बताएका छन् । साथै १०३ वर्षको उमेरमा पनि उनको सामाजिक क्रियाशीलता विश्वभरका मानव समुदायलाई उत्प्रेरणाको स्रोत बनेर रहने प्रचण्डले उल्लेख गरेका छन् ।




कागजपत्र |
