सुध्रिएन शताब्दीपुरुष जोशीको स्वास्थ्य अवस्था


काठमाडौं — किस्ट अस्पतालमा उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ ।

विगत २३ दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत १ सय ३ वर्षीय जोशीको उपचारमा खासै उल्लेखनीय रुपमा सुधार नभएको अस्पतालले जनाएको छ ।

उमेर धेरै भएका उनमा एकै पटकमा धेरै प्रकारका स्वास्थ्य समस्या देखिएको छ । निमोनिया र पिसाबको संक्रमण, मुटुरोगसँगै पछिल्लो समय उनमा डेंगु संक्रमण देखिएको थियो । जोशीलाई प्रतिमिनेट ४ लिटर अक्सिजन दिनुपरेको अस्पतालले जनाएको छ ।

जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।

प्रतिक्रिया