

काेराेनाबाट नेपालमा थप ८ को मृत्यु, २३२ संक्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना संक्रमण परिक्षणको नतिजा पोजेटिभ देखिएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा ३८६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ ।
त्यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार नौ सय ९४ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ रहेको छ ।
त्यस्तै हालसम्म १४७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ३८ हजार ८४२ जनाको पीसीआर परिक्षण गरिएको छ ।

