

नेप्से परिसूचक २७.२६ अंकको गिरावट

काठमाडौं – सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।
साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २७.२६ अंकले गिरावट भएर १८७१.२२ अंकमा बन्द भएको छ ।दशैंपछिको पहिलो कारोबार दिन आइतबार ४४ अंकको वृद्धि भएको नेप्से सोमबार नै पुनः गिरावट भएको हो ।
नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । कारोबार रकम भने बढेर करिब १ अर्ब नजिक पुगेको छ । नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १६४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।

