विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह


काठमाडाैं – बिहीवार रातिदेखि शुक्रवार बिहानसम्म विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङजा, नवलपरासी (ब.सु.प.)कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास केही स्थानमा भारी बर्षा भएको हो ।

ती स्थानहरूमा थप वर्षा हुने सम्भावना छ । महाशाखाले यी क्षेत्रमा रहेको साना खोलाहरूमा आकस्मिक बाढी तथा पहिरो जान सक्ने भन्दै दिउँसोसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

भेरी जलाधार क्षेत्रमा भारी वर्षा, साँझ ६ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

बिहीवार रातिदेखि भेरी जलाधारको विभिन्न स्थानमा भारी वर्षा भएको छ । नेपाल बाढी सूचना केन्द्रका अनुसार पछिल्लो ३ घण्टा भेरी जलाधारको विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

यस क्षेत्रमा जलसतह सतर्कता तथा खतरा तह आसपास पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सो क्षेत्रमा थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म आगामी ६ घण्टा उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया