फूटबल खेल समर्थकबीच भएको कुटाकुटमा १२७ जनाको मृत्यु


काठमाडाैं – इन्डोनेसियामा फूटबल खेल चलिरहेका बेला हिंसा भड्किएर १२७ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार खेलका क्रममा स्टेडियममा हिंसा भड्किँदा ३४ जनाको घटनास्थलमै र ९३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

फूटबल खेलको नतिजा आएपछि पराजित पक्षका समर्थक आक्रोशित भएर हिंसामा उत्रिएका हुन् । आक्रोशित समूहले खेल मैदानमा गएर कुटपिट शुरू गरेपछि हिंसात्मक अवस्था आएको हो ।

हिंसा भड्किँदा समर्थकबीच कुटाकुट भए पनि प्रहरी र सशस्त्र प्रहरी बलले खेलाडीलाई सुरक्षित रूपमा मैदानबाट बाहिर निकालेको थियो ।

प्रतिक्रिया