
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ
काठमाडौं – दुई साताअघि काठमाडौँको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंका प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको छ।
उक्त घटनामा अज्ञात समूहले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए ।
अज्ञात समूहको गोलीबाट मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।



कागजपत्र |
