

काठमाडौँ महानगरको पर्व लक्षित बजार अनुगमन सुरु

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ ।
महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको छ ।
मङ्गलवार प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन गरेको छ । लगायतका क्षेत्रमा महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन भएको हो।
बजार अनुगमनमा ३ वटा समूह परिचालन भएको थियो। सङ्घ तथा प्रदेश कार्यालयहरू सहभागी भएको अनुगमनका क्रममा सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत अनुगमन गरेको थियो।

