

केउरिनीको पहिरो: एकसय घरधुरी बासिन्दाको घर-जग्गाजमिन जोखिममा

त्रिशूली – नुवाकोटको विदुर नगरपालिका–८ केउरिनीमा गएको पहिरो । उक्त पहिरोले यहाँका करीब एकसय घरधुरी बासिन्दाको घर तथा जग्गाजमिन जोखिममा परेको छ । पहिरो रोकथामका लागि विदुर नगरपालिका र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय नुवाकोट मार्फत योजना कार्यान्वयनमा ल्याउन लागिएको छ । तस्बिर : रामहरि न्यौपाने,रासस

