२४ घण्टामा थप १ हजार ५१ जनामा डेंगु संक्रमण


काठमाडौं – कोरोना भाइरस पछि नेपालमा डेंगु महामारीको रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ५१ जनामा डेंगुका संक्रमन भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो ।

अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको छ ।

प्रतिक्रिया