मनास्लु आधार शिविरमा हिमपहिरो, हेलिकप्टर मार्फत उद्धार गरिदै


गोरखा – मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको छ । हिमपहिरोमा परी केही व्यक्ति घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त भएको छैन।

सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर लिएर पुगेको बताएका छन् । पर्यटन विभागले पनि हिमपहिरो गएको पुष्टि गरेको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपालीहरु मनास्लु आधार शिविरमा छन् । स्रोतका अनुसार ३(४ वटा ट्रेकिङ कम्पनीको टोली आधार शिविर पुगेको छ ।

आधार शिविरमा रहेका मिङ्मा शेर्पाले हिमपहिरो आएको तर कति शक्तिशाली हो भन्ने थाहा भइनसकेको बताए । पर्यटकको उद्धारका लागि सिम्रिक एयरको ९ एनटी एजेजेड कल साइनको हेलिकप्टर आधार शिविरमा अवतरण भइसकेको र अर्को हेलिकप्टर तयारी अवस्थामा रहेको सिम्रिक एयर स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया