

काठमाडौँको अवैध कलसेन्टरबाट पक्राउ परेका भारतीय र चिनियाँ जेल चलान

काठमाडौँ- काठमाडौँको तीनकुनेमा सञ्चालित अवैध कल सेन्टरबाट पक्राउ परेका चिनियाँ नागरिक र भारतीय नागरिक गरी ७ जनालाई अदालतले चेल चलान गरेको छ।
काठमाडौँ जिल्ला अदालतले ५ जना चिनियाँ र २ जना भारतीय नागरिकलाई संगठित अपराधको मुद्दाको पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको तीनकुनेस्थित स्काई वर्ल्ड सर्भिस सेन्टर नामक कल सेन्टरमा छापा मारेर साउन पहिलो साता ३४ जनाभन्दा बढीलाई पक्राउ गरेको थियो।
अवैध तवरले कामदारहरू राखी कल सेन्टर संचालन गरी, सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत् धाक-धम्की दिइ, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोल मोलाइ गर्ने गर्ने गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

