
इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीचको दुर्लभ भेटवार्ता
जेरुसेलम – इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच मंगलबार भेटवार्ता भएको छ।
दुई देशका ती नेताहरुबीच सन् २००८ पछि पहिलो पटक भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन्। संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन न्युयोर्क गएको बेला उनीहरुका बीचमा भेटवार्ता भएको हो।
जापिडको सचिवालयले जारी गरेको वक्तव्यमा अनुसार उनीहरुले दुई देशबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल गरेका थिए । साथै दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा पनि उनीहरुका बीचमा छलफल भएको जनाइएको छ ।
उनीहरुले विषेश गरेर आर्थिक तथा उर्जा सहकार्यका बारेमा छलफल केन्द्रित गरेका थिए। दुई देशका बीचमा गत अगस्टमा पूर्ण रुपमा कूटनीतिक सम्बन्धलाई ब्युँउने सम्झौता भएको थियो।



कागजपत्र |
