
रहेनन् पूर्व सचिव भट्टराई
काठमाडौं – राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार भट्टराईको बुधबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी ७७ वर्षको थिए।
भट्टराईले २०५७ असार २० गतेदेखि २०६२ भदौ ३ गतेसम्म राष्ट्रिय सभाको सचिवको जिम्मेवारीमा रहेका थिए । खोटाङको लामिडाँडामा जन्मिएका भट्टराई चर्चित साहित्यकारसमेत थिए ।
उनका हलेसी तीर्थ काव्यसहित दर्जनौँ कविता तथा अन्य सङ्ग्रह प्रकाशित छन् । साहित्य सेवा गरे बापत उनले थुप्रै पुरस्कार समेत प्राप्त गरेका छन्।



कागजपत्र |
