
रुकुम-पूर्वमा बस दुर्घटना : ४ जनाको मृत्यु, १२ जना घाइते
रुकुम – रुकुमपूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। भने १२ जना घाइते भएको छ । बिहीबार दिउँसो करिब ३ बजे यात्रुबाहक बास दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।
काठमाडौंबाट रुकुम पूर्वतर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस मध्यपहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए।
डिएसपी डाँगीकाअनुसार दुई जना पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतकको सनाखत भइसकेको छैन। प्रहरीले घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्व पठाइएको उनले बताए।
बस सडकबाट एक सय मिटर तल खसेको डिएसपी डाँगीले जानकारी दिए।



कागजपत्र |
