

‘सर्भर डाउन’ भएपछि एयरपोर्टमा यात्रुहरुको बिचल्ली… (भिडियो)

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरु अलपत्र परेका छन् ।
विमानस्थलको सर्भर डाउन भएकोले उडानहरु समयमा हुन नसकेपछि यात्रुहरु विचल्लीमा परेको विमानस्थलबाट बाहिर जान लागेका एक यात्रुले बताए ।
विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल तर्फको सर्भर बिग्रिएको हुनाले अन्तर्राष्ट्रिय उडानका लागि तयारीमा रहेका यात्रुहरु अलपत्र परेको जनाइएको छ ।
विमानस्थल कार्यालय स्रोतका अनुसार अहिले सर्भर मर्मतको काम भइरहेकोले छिटै विमानस्थल सञ्चालनमा आउने जनाइएको छ ।
भिडियोः

