टुकुचाबारे अदालतको आदेशमाथि सुनुवाई हुँदै


ललितपुर — टुकुचाका सम्बन्धमा उच्च अदालत पाटनले दिएको अल्पताललिन आदेशमाथि सुनुवाई हुँदैछ । अदालतले काठमाडौं महानगरपालिकालाई असोज ५ गते छलफलमा बोलाएबमोजिम आज सुनुवाइ हुने भएको हो ।

गत आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले रित पुर्‍याएर बनाएकाले उचित क्षतिपूर्ति नदिई संरचनाहरू हटाउन नमिल्ने भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

महानगरको तर्फबाट कानुनी परामर्शको टोली छलफलमा जाने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । चार मिटर कायम गर्ने गरी टुकुचालाई खुला रूपमा बग्न दिने योजना महानगरको छ ।

 

प्रतिक्रिया