डा. केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको वार्ता भोली फेरी बस्ने गरी टुङ्गीयो


काठमाडौं – स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग गर्दौ २०औं पटक अनसन बसिरहेका डा. गोविन्द केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकिएको छ ।

वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र एक जना उपसचिव सहभागी थिए । वार्तामा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा। केसीको तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले जनाएका छन् ।

वार्ता फेरी भोली (मंगलबार) विहान १० बजे बस्ने गरी टुङ्गीएको उनले बताए ।

प्रतिक्रिया