देशभर संविधान दिवस मनाइँदै


काठमाडौं – देशभर आज साताैं संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा मूल समारोह समितिको आयोजनामा टुँडिखेलमा विशेष समारोह सुरु भइसकेको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित छन् ।

समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

त्यस्तै विभिन्न सैनिक कौशल पनि प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया